रोकिएन् शेयर बजारको ओरालो यात्रा, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, २ कात्तिक । शेयर बजार दोहोरो अंकले घटेको छ ।

साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १२.८१ अंकले घटेर १८४५.५१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २१६ कम्पनीको ६४ करोड ३६ लाख ७ हजार ९७५ रुपैयाँ बराबरको २१ लाख ५१ हजार ७१४ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ । सोमवार ५१ करोड ५८ लाख १८ हजार ९८९ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

कारोबारमा आएका तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८८८.८०रुपैयाँ पुगेको छ ।

सयपत्री हाइड्रोपावर लिमिटेडको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २३५. ६० रुपैयाँ पुगेको छ ।

सिटिजन म्यूचुयल फण्डको शेयर मूल्य ९.९४ प्रतिशत बढेको छ । नेप्सेका अनुसार पिपुल्स पावर लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटलको भएको छ । यसको आज तीन करोड ७२ लाख भन्दा बढीको कारोबार भएको छ । नविल बैंकको २ करोड ४१ लाख र रिडीको २ करोड ३३ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here