काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको थियो ।

भूकम्पको धक्का नुवाकोट धादिङ, गोरखा, चितवन, बनेपा लगायतको जिल्लामा पनि महसुस भएको छ । भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here