साओमीले नयाँ अफर, मीसँग तिहार ‘१२ दिन १२ टिभी’

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर साओमीले तिहारको अवसरमा नयाँ अफर ‘१२ दिन १२ टिभी’ ल्याएको छ ।

यसअन्तर्गत ग्राहकले कुनै पनि साओमी, रेड्मी, वा पोको फोनको खरिदमा ३२ इन्चको साओमी स्मार्ट टिभी (Mi TV 4A Pro) जित्ने मौका पाउने बताइएको छ ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘तिहारको यो अवसरमा हाम्रा ग्राहकहरूका लागि ‘१२ दिन १२ टिभी’ अफर सुरु गर्न पाउँदा हामी अत्यन्त खुसी छौं ।’

साे चाडपर्वको अवसर पारी ग्राहकवर्गमा उत्साह थप्न मीका फोन किन्न इच्छुकहरूका लागि मीको टिभी जित्ने अफर ल्याएका छौं ।

कम्पनीका अनुसार प्रत्येक दिन एक जना ग्राहकले लक्की ड्र मार्फत टिभी जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुनका लागि ग्राहकहरूले दिइएको क्यूआर कोड स्क्यान वा ३१००७ मा आईएमईआई नम्बर पठाउनु पर्नेछ ।

यो अफर कार्तिक २ देखि कार्तिक १३ गते सम्म मान्य हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here