दोधारा चाँदनी- २ वडा कार्यालयले वृहत सरसफाइ अभियान सञ्चालन गर्दै

दोधारा चाँदनी । दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालय ले वडाका बृहत सरसफाई कार्यक्रम संचालन गर्ने भएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडाका वडाध्यक्ष पदम रावलले एक सुचना प्रकाशित गरि वडामा रहेका सडकहरु सरसफाई गर्ने कार्यक्रम संचालन गर्ने जनाएका छन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडाको सडकहरुमा झाँडी तथा फोहरले सवारी साधन संचालनमा जोखिम रहदै आएको बताउदै वडाको बृहत सरसफाई अभियान थाल्ने बताएका छन् ।

सो कार्यक्रमा संघ–संस्था, वडाबासी तथा सरोकारवालाको उपस्थितीको लागी अनुरोध गरिएको छ् । वडाध्यक्ष पदम रावलले वडाहरुको सबै सडकहरु साप्ताहिकरुपमा सरसफाई गरि वडालाई स्वच्छ बनाउन सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

‘वडामा रहेको झाँडीहरुलाई कटान गरि सडकहरुलाई सफा, सुग्घर एवम् ब्यवस्थित बनाउनु कात्तिक ५ गते बिहान ८ बजे थापा चौराह देखि मायापुरी जाने सडकमा सरसफाई अभियानमा सहभागी हुने सबैमा अनुरोध छ् ।’

दोधारा चाँदनी नगरपालिका वडा नं. २ वडा कार्यालयको सुचनामा भनिएको छ् । वडामा रहेका सडकहरको सरसफाई अभियान संचालन गर्ने भए संगै वडाबासीहरुले वडाध्यक्षको सकारात्मक कार्यको प्रशंसा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here