बझाङमा जीप दुर्घटना, ६ जनाको घटनास्थलमै मृत्यु

बझाङ । बझाङमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा गाँउपालिकाको वडा नं २ खेतकोट जाँदै गरेको सु.प.प्र ००१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।

मृतकमध्ये चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मस्टा खेतकोटका १२ वर्षीया सम्झना खड्का,१५ वर्षीय रोशन खड्का,११ वर्षीय प्रचण्ड खड्का र २८वर्षीया बसन्ती धामी रहेका छन्।

अहिले घाइतेहरुको उद्दार गर्ने क्रम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here