इयूले नेपालमाथिको कालोसूची हटाउनै पर्छ : प्राधिकरण

काठमाडौं, २ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले यूरोपेली यूनियनले नेपालमाथिको कालोसूची हटाउनै पर्ने पुनः दोहोर्याएको छ ।

बुधबार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओको अडिट रिपोर्ट सार्वजनिक गर्दै प्राधिकरणले हवाई सुरक्षामा नेपाल अन्तर्राष्ट्रिय मापदण्डभन्दा धेरै माथि पुगेको बताएको हो । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार अहिले नेपालले आइकाओका हवाई सुरक्षा चासोका सबैजसो क्षेत्रमा विश्वको औसतः भन्दा राम्रो प्रगति हाँसिल गरेको बताए ।

उनका अनुसार अब इयूले यही आधारमा समेत नेपाललाई हवाईको कालोसूचीबाट हटाउनु पर्छ । नेपाललाई इयूले हालै आफ्नो अडिट सकेर सकारात्मक जवाफ समेत दिइसकेको छ । सोहीकारण नेपाल यस पटक बढी आशावादी देखिएको हो । नेपालले ग्लोबल औसतः भन्दा धेरै ७०.१ प्रतिशत परिपालना दर पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here