नेपाल र अमेरिकाबीच सिधा हवाई उडानको तयारी, अमेरिकाले आजबाट नेपालको सेफ्टी अडिट गर्दै

काठमाडौं, ३ कात्तिक । नेपाल र अमेरिकाबीच सिर्धा हवाई उडानको तयारी गरिएको छ । सोही सिलसिलामा अमेरिकी नियामक निकायले आजबाट नेपालमा हवाई सुरक्षा जाँच गर्ने भएको छ ।

अमेरिकी नागरिक उड्डयनको नियामक निकाय फेडेरल एभिएसन एडमिनिस्ट्रेसनको टोलीले नेपालको हवाई सुरक्षा अवस्थाबारे अध्ययन गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाई छ ।

टोलीले आइकाओले हेर्ने गरेका आठवटा क्षेत्रमा नेपालको वर्तमान अवस्थाबारे अध्ययन गर्ने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार यसले नेपालको हवाई सुरक्षा अभिवृद्धिमा अझै सकारात्मक प्रभाव पार्नेछ ।

नेपालमा अहिले यूरोप र अमेरिकी टोलीहरुले सिधा उडानमा चासो दिइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here