धौलागिरी लघुवित्तको शेयर आइतबारदेखि कारोबारमा आउने, कति पायो ओपनिङ रेञ्ज?

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।

बिहीबार नेप्सेमा लघुवित्तको ३ लाख ३१ हजार कित्ता साधरण शेयर (आइपीओ) र संस्थापक समूहको ७ लाख कित्ता गरी कुल १० लाख ३१ हजार शेयर सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै आगामी आइतबारदेखि लघुवित्तको शेयर दोस्रो बजारमा कारोबारमा आउने छ । शेयर कारोबारका लागि नेप्सेले DLBS संकेत चिह्न प्रदान गरेको छ ।

लघुवित्तको सेयर कारोबारका लागि नेप्सेले न्यूनतम १४८.६६ रुपैयाँ र अधिकतम ४४५.९८ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकेको छ । यही रेञ्जको बीचमा लघुवित्तको शेयर कारोबार खुल्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here