टिकटकको लाइभमा अब १८ बर्ष माथिका मात्र सहभागी हुन पाउने

काठमाडौं । अब टिकटक लाइभस्ट्रिमिङमा १८ बर्ष माथिकाले मात्र सहभागी हुन पाउने भएका छन् । टिकटकले आगामी महिनादेखी यस्तो नियम ल्याउन लागेको हो । हाल न्यूनतम उमेर १६ रहेकोमा १८ वर्षमा बढाउन लागेको हो ।

बीबीसीले सिरियाली शरणार्थी शिविरहरूबाट चन्दा माग्ने बालबालिकासहित सयौं खाताहरू लाइभ भएको फेला पारेको छ।

जसमा अधिकाशं बालबच्चा नै प्रयोग गरिएको थियो । कतिपयले प्रति घण्टा १ हजार डलरसम्म प्राप्त गरिरहेका थिए । तर त्यसको ७० प्रतिशत टिकटक तथा विचौलीयाहरुले लिएको बिबिसीको अध्ययनबाट पत्ता लगाइएको थियो ।

अब भने टिकटकमा केवल वयस्कहरूले भर्चुअल उपहारहरू पठाउन वा मुद्रीकरण सुविधाहरू पहुँच गर्न सक्नेछन् ।

आउँदो हप्ताहरूमा यसले प्रयोगकर्ताहरूलाई वयस्क मात्र लाइभस्ट्रिमहरू चलाउन दिनेछ। टिकटकले यी उमेर प्रतिबन्धहरू कसरी लागू गर्नेछ भन्ने स्पष्ट छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here