किन घट्यो आइपीओप्रति सर्वसाधारणको रूची ? कारोबार एक अर्ब पुग्न हम्मेहम्मे

काठमाडौं । प्राथमिक साधरण शेयर (आइपीओ) मा सर्वसाधारणहरुको रुची घट्दै गएको छ । शेयर बजार निरन्तर ओरालो लाग्दै गएपछि आइपीओप्रति रुची घट्दै गएको हो ।

गत वर्ष करिव ३२०० को विन्दुमा पुगेर नयाँ इतिहास बनाएको नेपाली शेयर बजार घटेर १८०० को विन्दुमा झरिसकेको छ । भने कारोबार रकम १ अर्ब पुग्नै हम्मेहम्मे देखिदै आएको छ ।

कुनै सयम आइपीओ कहिले खुल्ला भनेर बस्ने सर्वसाधारणमा अहिले बेवस्था गर्दै आएका छन् ।

आइपीओबाट कमाइने नाफा भन्दा दोस्रो बजारमा नै राम्रा-राम्रा कम्पनीको मूल्य सस्तिएकाले लगानीकर्ताको ध्यान त्यतै गएको छ । एकपक्ष भने शेयरबजार तिर जागर हराएको भन्दै निस्क्रिय बनेका छन् ।

पहिला बजार बुलिस चरणमा रहँदा साथीभाइ भेटघाटदेखि चिया पसलसम्म आइपीओकै चर्चा गर्ने नुवाकोटका दीपक घिमिरे भन्छन् ‘मैले त मेरो शेयर नखोलेको नै ५/६ महिना भैसक्यो मैले त आजकाल आइपीओ भर्न छाडेँ । ‘

‘पहिला आइपीओमा आवेदन दिनेको संख्या धेरै भएर पर्दै पर्दैन्थ्यो अहिलो चाँसो नै हरायो । पहिला घर परिवार नातागोता लगायत धेरै व्यक्तिहरूको आइपीओ भरिदिने गरेको थिए । तर अहिले आफ्नै डिम्याटबाट समेत आईपीओ भर्न छाडिसकेका छु उनले भने ।’

अन्तिम खुलेको आइपीओमा १३ लाख ९४ हजार बढि लगानीकर्ताहरूले आवेदन दिएका छन् ।

त्यसअघि खुलेको कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । कुनै समय यो आइपीको भर्नेको संख्या २६ लाखको हाराहारी हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here