यमपञ्चकको दोश्रो दिन आज काग तिहार

काठमाडौं, ६ कात्तिक । आज यमपञ्चकको दोश्रो दिन काग तिहार देशभर कागको पुजा गरेर मनाइदैछ । यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएकोे छ ।

आइतबार काग तिहारको अवसरमा आज काठमाडौंको शान्तिबाटिकामा १९ औं काग सम्मेलन समेत आयोजना गरिएको छ ।

सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ ।

तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here