३२ मेगापिक्सेलको पपअप सेल्फी क्यामेरासहित आउँदैछ भिभो भी१५ प्रो

क्लाउडपत्रिका
काठमाडौं, १ फागुन । चिनियाँ स्मार्टफोन निर्माता भिभोले ३२ मेगापिक्सेलको पपअप सेल्फी क्यामेरासहितको भी१५ प्रो स्मार्ट फोन सार्वजनिक गर्ने भएको छ ।

मकम्पनीले यसै पेब्रुअरीमा छिमेकी मुलुक भारतमा र मार्चको पहिलो साता नेपाली बजारमा भिभो भी १५९ र भिभो भी १५ प्रो स्मार्टफोन ल्याउँदैछ ।

हालै भिभोले आफ्नो नयाँ स्मार्टफोनको टिजर सार्वजनिक गरेको छ । जसमा पप–अप सेल्फी क्यामरा राखिएको देखाईएको छ । यस्तो डिजाइनमा भिभोले यसअघि भिभो नेक्स स्मार्टफोन ल्याएको थियो । सोही थीमलाई भी १५ सिरिजमा पनि कायम राखिएको छ ।

यो स्मार्टफोनमा सूपर एमोलेड डिस्प्ले राखिनेछ भने फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ ।
यसबाहेक भी १५ स्मार्टफोन सिरिजमा इन डिस्प्ले फिंगरप्रिन्ट सेन्सर राखिएको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप हुनेछ ।

हालै अमेजन इण्डियाको अफिशियल ल्याण्डिंग पेजमा देखिएअनुसार भिभो भी १५ प्रो स्मार्टफोनको मुख्य क्यामरा ४८ मेगापिक्सेलको हुने छ । सो पेजमा दिइएको जानकारीअनुसार स्मार्टफोनमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर राखिनेछ । भिभोले पहिलो पटक ट्रिपल क्यामरा सेट भएको स्मार्टफोन ल्याउन लागेको हो । यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा सेन्सर प्रयोग गरिएको छ ।

यहि फेब्रुअरी २० तारिखमा सार्वजनिक हुने तयारीमा रहेको भिभो भी १५ प्रो स्मार्टफोनमा ६.३९ इन्चको सुपर एमोलेड फृुल एचडी प्लस स्क्रीन छ । त्यसैगरी फोनमा स्न्यापड्रागन ६७५ चीपसेट हुनेछ भने ८ जीबी ¥याम र १२८ जीबी स्टोरेज हुनेछ ।
यो स्मार्टफोनमा ३,७०० एमएएचको ब्याट्री प्याक हुनेछ । भिभो भी १५ प्रो स्मार्टफोनको मूल्य भारतमा करीब ३० हजार भारु अर्थात ४८ हजार रुपैयाँ हुने अनुमान छ । सो स्मार्टफोन भारतमा फेब्रुअरी २० मा लञ्च हुनेछ जसको प्रि अर्डर ५ दिन अगाडि शुरु हुने बताईएको छ ।

नेपाली बजारमा भिभो भी १५ प्रो मात्र उपलब्ध हुनेछ, जून मार्चको पहिलो साता सार्वजनिक हुने अनुमान गरिएको छ । यो स्मार्टफोनको मूल्य नेपाली बजारमा ५० हजार रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here