ट्विटर ‘स्वतन्त्र चरा’ घोषणा गरेका मस्कले डोनाल्ड ट्रम्प विरुद्धको प्रतिबन्ध हटाउलान् ?

काठमाडौं । ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेपछि पराग अग्रवाल लगायतका शीर्ष अधिकारीहरुलाई बर्खास्त गरेपछि मस्क आफू सीईओ बन्ने सम्भावना रहेको बताइएको छ ।

मस्क केही निश्चित समयका लागि ट्विटरको सीईओ रहन सक्ने र त्यसपछि सो पद कसै अरुलाई हस्तान्तरण गर्ने सम्भावना रहेको ब्लूमबर्गले रिपोर्ट गरेको छ ।

मस्कले सम्झौतालाई अन्तिम रूप दिनको लागि कानूनी म्याद सकिनु भन्दा ठीक एक दिनअघि ट्विटर किनेका हुन् । उनले सीईओ अग्रवाल, सीएफओ नेड सेगल र कानूनी नीति, ट्रस्ट र सुरक्षा प्रमुख विजया गड्डेलाई बर्खास्त गरेका छन् ।

गड्डेले केही वर्षअघि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेका थिए । सन् २०१२ देखि कम्पनीमा जनरल काउन्सिल रहेका सिन एजेटले पनि ट्विटर छोडेका छन् ।

यस्तै मस्कले आजीवन प्रतिबन्धमा विश्वास नगर्ने भएकाले सबै आजीवन प्रतिबन्धहरू उल्टाउने योजना पनि रहेको ब्लूमबर्गले स्रोतलाई उदृधत गर्दै लेखेको छ ।

यदि यसो भयो भने प्लेटफर्म द्वारा प्रतिबन्धित धेरै प्रयोगकर्ताहरू ट्विटरमा फर्कन सक्षम हुन सक्छन् । तर ट्रम्पलाई फर्कन अनुमति दिइने वा नदिने भन्ने कुरा स्पष्ट नभएको प्रतिवेदनले जनाएको छ ।

ट्विटर अब एक निजी कम्पनीको रूपमा चल्नेछ जसमा प्रत्येक शेयरधारकलाई प्रति शेयर ५४.२० अमेरिकी डलरका दरले रकम मिल्नेछ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here