निर्वाचन नजिकिएसँगै ग्रुपमाथि फेसबुकको निगरानी, निस्क्रिय बनायो ‘एमआरआर’

तस्बिर स्रोत: एमआरआरको फेसबुकबाट

काठमाडौं । निर्वाचन नजिकिएसँगै फेसबुकको मेटा कम्पनीले ग्रुपमाथि निगरानी बढाएको छ ।

ग्रुपहरु पछिल्ला दिनमा राजनीतिक एजेन्डाहरुमा प्रवेश गर्न थालेपछि चुनावको मुखमा निगरानी बढाएको हो । जसको कारबाहीमा चर्चित फेसबुक ग्रुप मेन्स रुम रिलोडेड (एमआरआर) परेको छ ।

फेसबुकको ‘कम्युनिटी गाइडलाइन्स भायलेन्स’ गरेको भन्दै मेटाले उक्त ग्रुपलाई निस्क्रिय गराएको हो ।

एमआरआरका अनुसार ग्रुप २०२० मा कारबाहीमा परेको थियो । ग्रुपलाई निष्कृय गरेको भएपनि कुन पोष्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोष्ट छैन पनि भनिएको एमआरआरले जनाएको छ ।

एमआरआर गत वैशाखको स्थानीय चुनावमा काठमाडौंको मेयर पदका उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई जिताउन सक्रिय भएको थियो ।

ठूलो संख्यामा युवाहरु समावेस भएको ग्रुप भएकाले यसले आगामी मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई पनि कुनै न कुनै रुपले प्रभावित पार्न सक्ने अनुमान निर्वाचन आयोगका पदाधिकारीहरुले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here