स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा,गत वर्षको भन्दा ३.४५ प्रतिशत धेरै

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट लाभांश घोषणा गरेको छ ।

बैंक संचालक समितिको कात्तिक १४ गते बसेको बैठकले सेयरधनीलाई १६.५१ प्रतिशत (करसहित)नगद लाभांश दिने घोषणा गरेको हो ।

बैंकले घोषणा गरेको लाभांश अघिल्लो वर्षकोभन्दा ३.४५ प्रतिशत धेरै हो । बैंकले आव २०७७/७८ मा १० प्रतिशत बोनस सेयर र ३.०६ प्रतिशत नगद गरी १३.०६ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here