तिहार बिदापछि खुलेको शेयर बजार हरियाली, एक कम्पनीमा पोजेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा हरियाली छाएको छ । तिहार बिदा पछि बजार खुलेको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२४ कम्पनीको ६९ करोड ७३ लाख १७ हजार ६११ रुपैयाँ बराबरको २५ लाख ७४ हजार ९७५ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये विकास बैंक बाहेक अरु सबै समूहको परिसूचकमा हरियाली छाएको छ । होटल, अन्य र बैंकिङ समूह डेढ प्रतिशतले बढेको छ ।

कारोबारमा आएका एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सयपत्री हाइड्रोपावरको शेयर मुल्य १० प्रतिशत बढेर पोजेटिभ सर्किट लागेको छ । नेपाल एसबीआई बैंकको शेयरमूल्य ८.२४ प्रतिशतले बढेर प्रतिकित्ता २८९ रुपैयाँ पुगेको छ ।

त्यसैगरी, नेपाल एसबीआई बैंक ८.२४, साइन रेसुंगा ७.०७, एनआइसी एशिया ६.८०, एभरेष्ट बैंक ५.५७, इमर्जिङ नेपाल ५.३७, मञ्जुश्री फाइनान्स, प्रभु बैंक र सेन्टर फाइनान्सको शेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्सेका अनुसार अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ८ प्रतिशत भन्दा बढीले घटेको हो ।

कारोबारको आधारमा सबैभन्दा बढी एनआइसी एशिया बैंकको ६ करोड १७ बढीको भएको छ । एभरेष्ट बैंकको ४ करोड ३९ लाख र नविल बैंकको ३ करोड ८० लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here