एनसीसी बैंकको शेयर मूल्य समायोजन, समायोजनपछिको भाउ कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल क्रेटिड एण्ड कमर्श बैंक (एनसीसी) को शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश प्रयोजनको लागि मंगलवार बुक क्लोज गरेसँगै सोमवार मूल्य समायोजन भएको हो ।

नेप्सेले कम्पनीले प्रस्ताव गरेको ३ दशमलव ३६६ प्रतिशत बोनस शेयर प्रयोजनको लागि मूल्य समायोजन गरेको हो ।

नेप्सेले पछिल्लो कारोबारको अन्तिम शेयर मूल्य रू. १८४ को आधारमा मूल्य समायोजन गरेको हो । समायोजनपछि नेप्सेले कम्पनीको शेयर मूल्य रू. १७८ दशमलव ०१ तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here