१५ दिनभित्र थोक कर्जा चुक्ता गर्न ६६ वटा सहकारीलाई ताकेता

काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १५ दिनभित्र थोक कर्जा नबुझाउने ६६ वटा सहकारीलाई ताकेता गरेको छ ।

कोषले मंगलवार सार्वजनिक सूचना निकालेर २०६९ सालमा थोक कर्जा सम्झौता गरी लिएको ऋण चुक्ता नभएको भन्दै सम्पूर्ण रकम १५ दिनभित्र बुझाउन अनुरोध गरेको हो ।

सूचना अनुसार कर्जा नबुझाउनेमा प्रदेश एकका १२, मधेस प्रदेशका ६, बाग्मतीका १४, गण्डकी र लुम्बिनीका ३/३ वटा सहकारी रहेका छन् ।

त्यस्तै कर्णालीका १६ र सुदूरपश्चिमका १२ वटा सहकारी रहेका कोषले जनाएको छ ।

कोषले तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एवम् कर्जा उप–समितिको विवरणसहित रकम असुलीका लागि कालोसूचीमा राख्ने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here