‘निफ्रा’को निक्षेप र ऋणको ब्याजदर निर्धारण, कर्जाको ब्याज १५ प्रतिशत पुग्यो

काठमाडौं, १५ कात्तिक । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निक्षेप र ऋणको ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विभिन्न खातामा मंगलवारदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

व्याजदर अनुसार बैंकले दिर्घकालिन बचत खातामा न्यूनतम १०.१५ प्रतिशतदेखि अधिकतम ११.५० प्रतिशतसम्म ब्याज दिनेछ । पाँच बर्षसम्मको व्यक्तिगत बचतमा १०.१५ प्रतिशत र संस्थागत बचतमा ११.५० प्रतिशतसम्म ब्याज दिने छ ।

त्यस्तै बैंकले विभिन्न कर्जाको ब्याजदर समेत सार्वजजनिक गरेको छ जसमा अधिकतम १५ प्रतिशत देखि न्यूनततम १२.५० प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here