नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स बाँडने प्रक्रिया रोकियो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक, कमोडिटी बजार र नयाँ ब्रोकरको लाइसेन्स दिने काम तत्कालका लागि रोकेको छ ।

बोर्डले मंगलबार एक सूचना जारी गर्दै सर्वोच्च अदालतको आदेश अनुसार बोर्डले सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्ने निर्णय गरेको हो ।

अब सर्वोच्चबाट अर्को आदेश नआएसम्म स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्सको लागि कुनै पनि आवेदन नलिने बोर्डले जनाएको छ ।

बोर्डले गत असोज २ गते नयाँ स्टक एक्सचेन्ज र कमोडिटी बजारका लागि ४५ दिन भित्र आवेदन पेस गर्न आह्वान गरेको थियो। बोर्डले नयाँ ब्रोकर लाइसेन्सका लागि पनि सोही ३० दिने सूचना जारी गर्दै आवेदन मागेको थियो।

ब्रोकरका लागि पुरानो १ र नयाँ ४५ सहित ४६ वटा कम्पनीले आवेदन दिएका छन् ।

स्टक र बस्तु विनिमय बजारका लागि आवेदन दिने आज अन्तिम दिन थियो । तर, आजसम्म कुनैपनि कम्पनले एक्सचेन्ज र कमोडिटीका लागि बोर्डमा आवेदन दिएका छैनन्।

सोमबार नै सर्वोच्च अदालतबाट अन्तरिम आदेश पाएकाले मंगलबारदेखि आवेदन नै लिन नसक्ने भएपछि बोर्डले काम रोकेको जनाएको छ।

सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डलाई कात्तिक ४ गते नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रकृया तत्काल अघि नबढाउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here