उद्यमी चन्द्र ढकाल बने पश्चिमाञ्चल विकास मञ्चको अध्यक्ष

फाइलफोटो

काठमाडाैं, १२ साउन । पश्चिमाञ्चल विकास मञ्चको आज राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारणसभाले उद्यमी चन्द्रप्रसाद ढकाललाई अध्यक्षमा चयन गरेको छ ।

साविकको पश्चिमाञ्चल विकास क्षेत्रका तीन अञ्चल गण्डकी, धौलागिरि र लुम्बिनीलाई समेटेर त्यस क्षेत्रको विकासका लागि राष्ट्रिय प्रयास र दृष्टिकोण जुटाउने उद्देश्यले सो मञ्चको गठन गरिएको हो । नवनिर्वाचित उद्यमी ढकाल ग्लोबल आइएमइ बैंक, आइएमई ग्रुप र चन्द्रागिरि हिल्सका अध्यक्ष हुन् ।

मञ्चको उपाध्यक्षमा साविकको धौलागिरि अञ्चलबाट ज्ञानेन्द्रविक्रम महत, गण्डकीबाट मदनकुमार महत र लुम्बिनीबाट शोभाकर न्यौपाने तथा महासचिवमा यादव भट्टराई, सचिवमा नारायणप्रसाद तिम्सिना र कोषाध्यक्षमा योगराज कँडेल शर्मा निर्वाचित भएका छन् ।

नेपालको साविक पश्चिमाञ्चल विकास क्षेत्रको सामाजिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय तथा आर्थिक क्षेत्रहरुको विकास गरी त्यहाँका प्रतिभाहरुलाई मञ्चले सम्मान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here