मस्कले ट्वीटरका ५० प्रतिशत कर्मचारी कटौती गर्दै

काठमाडौं । एलन मस्कले ट्वीटरबाट आधा भन्दा बढी कर्मचारीलाई जागिरबाट निकाल्ने भएका छन् । मस्कले ३ हजार ७ सय कर्मचारीलाई ट्वीटर इन्कबाट निकाल्ने भएका हुन् ।

ट्विटरको नयाँ मालिकले शुक्रबार नै ती प्रभावित कर्मचारीहरूलाई सूचित गरिसकेको समेत व्लुमबर्गले उल्लेख गरेको छ ।

त्यसो त एलन मस्कको स्वामित्वमा ट्वीटर आएपछि भएपछि त्यहाँका कर्मचारीले दैनिक १२ घण्टा काम गरिरहेको कुरा बाहिर आएको थियो । मस्कले कम्पनीमा विभिन्न काम तथा नयाँ परियोजना अपूरो भएको भन्दै कर्मचारीलाई हप्तामा ८४ घण्टा काम गर्न बाध्य पारेको गुनासो गरेका छन् ।

मस्कले दिएको डेडलाइनभित्र काम गर्न ट्वीटरका मेनेजर तथा अन्य कर्मचारी दैनिक १२ घण्टा काम गरिरहेका छन् । ट्वीटरको पूर्ण स्वामित्व लिएपछी मस्कले ट्वीटरमा नयाँ नियम तथा नीति लागु गरिरहेका छन् ।

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह-स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here