इष्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँड, १२ लाख ९३ हजार आवेदकको हात खाली

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आइपीओ बाँडफाँड भएको छ । २८ असोजदेखि २ कात्तिकसम्म खुला गरेको साधारण शेयर विहीवार बिहान बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँड गरिएको हो ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त कम्पनीको आइपीओ ६२ हजार ३ सय २९ जनाले १०र१० कित्ता र ९ जनाले ११र११ कित्ताका दरले पाएका छन् ।

यो आइपीओमा १३ लाख ५८ हजार २२० आवेदकबाट कुल १ करोड ४८ लाख ७४ हजार ४० कित्ता शेयर खरिदका लागि आवेदन परेको थियो।

जसमा १३ लाख ५६ हजार २२४ आवेदकबाट परेको १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सदर भएको छ। बाँकी १ हजार ९९६ आवेदकबाट परेको २६ हजार ४९० कित्ता सेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६२ हजार ५१९ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। यो आइपीओमा सदर आवेदकमध्ये १२ लाख ९३ हजार ७०५ आवेदकको हात खाली भएको छ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/ र इष्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here