घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले घटेको हो ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले घटेर ९३ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो बुधबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here