युनिलिभरका शेयरधनीलाई प्रतिकित्ता १२१५ रुपैयाँ लाभांश, बुक क्लोज मंसिर ४ गतेदेखि

काठमाडौं । दोस्रो बजारमा सबैभन्दा महँगो शेयर मूल्य भएको युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । १६ कात्तिकमा बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनी संचालक समितिको बैठकले गत आवको नाफाबाट १२१५ प्रतिशत नदग लाभांश घोषणा गरेको हो । जुन पछिल्ले ५ वर्ष यताकै धेरै हो ।कम्पनीले यसअघि आर्थिक वर्ष २०७३/७४ मा १२७० प्रतिशत लाभांश दिएको थियो ।

युनिलिभर नेप्सेमासूचीकृत कम्पनी मध्ये सबैभन्दा महँगो शेयर मूल्य भएको कम्पनी हो । यसको अन्तिम कारोबार मूल्य १८ हजार ३०० रुपैयाँ रहेको छ ।

युनिलिभरले साधारणसभा प्रयोजनका लागि मंसिर ४ गतेदेखि २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, मंसिर १ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here