दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ८९ करोडमा झर्‍यो

काठमाडौं । साताको कारोबारको अन्तिमदिन शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबार शुरु भएदेखि नै उतारचढाव लागेको शेयर बजार मापक सूचक (नेप्से) १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२० कम्पनीको ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँ बराबरको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ । बुधवार १ अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये जीवन र निर्जीवन बीमा बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३७ प्रतिशतले घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा आज वीन नेपाल लघुवित्तका शेयरधनीले ४.९४ प्रतिशत गुमाएका छन् । त्यस्तै, मन्दकिनी हाइड्रोपावर, मैलुङखोला र ग्लोबल आइएमई ब्यालेन्स फण्ड १ का शेयरधनीले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

आज एभरेष्ट बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ४ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली, एनआइसी एशिया र शिवम् सिमेन्टको ३/३ करोड बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here