पेट्रोलियम पदार्थको मूल्य तत्काल नघट्ने, पाक्षिक नाफा १८ करोड

काठमाडौं, १७ कात्तिक । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाल पठाउने पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीअनु्सार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

भारतबाट बढेर आएको भएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ।

निगमले भारतबाट आएको नयाँ मूल्यसूचीमा पेट्रोलमा ०.६१ रुपैयाँ, डिजेलमा ५.७६ रुपैयाँ, मट्टितेलमा ४.०१ रुपैयाँ प्रति लिटर बढेर आएको जनाएको छ ।

यस्तै हवाई इन्धनमा प्रतिलिटर ४.७७ रुपैयाँ बढेर आउँदा एलपी ग्यासमा भने केही घटेर आएको जनाएको छ ।

नयाँ मूल्य सूची अनुसार निगमलाई पाक्षिक १८ करोड रुपैयाँ नाफा हुने भएको छ । इण्डियन आयल कर्पोरेशनले १५/१५ दिनमा मूल्य सूची पठाउँछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here