गौतमबुद्ध विमानस्थलबाट १३५ यात्रु लिएर मलेसिया उड्यो हिमालय एयलाइन्स

काठमाडौं । नेपाल र चीनको संयुक्त लगानीमा सञ्चालनमा रहेको हिमालय एयरलाइन्सको जहाजले पहिलोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको छ ।

एयरलाइन्सले बिहीबार १३५ जना यात्रु बोकेर भैरहवाबाट मलेसियाको क्वालालम्पुरका लागि पहिलो उडान शुरु गरेको हो। भैरहवाबाट चार्टर्ड उडानका लागि हिमालयले हिमालयले बुधबार राती काठमाडौंबाट यात्रु लगेको थियो ।

चार्टर्ड भएपनि दैनिक रुपमा नियमित दरकै भाडामा हिमालयले भैरहवाबाट उडान भर्नेछ ।

यो सँगै हिमालय जजिरा एयरवेजपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने दोस्रो कम्पनी बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here