तीन महिनामा ८७ अर्ब लगानीको उद्योग दर्ता, ६ हजारलाई रोजगारी प्रस्ताव

काठमाडौं, १८ कात्तिक । चालू आर्थिक वर्ष २०७९/८० को ३ महिनामा ८७ अर्ब बढी ८५ करोड लगानीका ८६ नयाँ उद्योग दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि असोज मसान्तसम्ममा ८६ उद्योगमा ८७ अर्ब ८५ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

विभागमा दर्ता भएका ८६ उद्योगमध्ये २६ वटा ठूला, ३१ वटा मझौला र २९ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ५ हजार ९ सय ३५ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

यसमध्ये १९ वटा विदेशी लगानीले स्वीकृती पाएका छन् भने २ अर्ब २४ करोड रुपैयाँ बराबरको नयाँ विदेशी लगानी प्रस्ताव भएका छन् ।

विदेशी प्रस्तावित लगानी परियोजनामा १ हजार ४३ जनाले रोजगारी पाउने छन्। तीन महिनाको अवधिमा प्याटेन्ट दर्ता १ रहँदा ६ वटा डिजाइन दर्ता र ९३१ वटा टेड्रमार्क दर्ता भएका छन् ।

प्रारम्भिक वातावरणीय परीक्षण १८ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here