नेपाल बैंकको कार्ड प्रयोग गर्दा दराजमा तीन हजार रुपैयाँसम्म छुट पाइने

काठमाडौं, १८ कात्तिक । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ् पोर्टल दराज केयमुबीच बैंकका ग्राहकहरुलाई बैंकको ८६औं बार्षिकोत्सको अवसरका साथै दराजको ११:११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको छ।

यो योजना कात्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुने बताइएको छ । सम्झौता पत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार नेपाल बैंकका ग्राहकहरुले दराजद्वारा ११:११ को अवधिमा अनलाइन सामान गरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २,५०० रुपैयाँसम्मको छुट पाउने छन्।

साथै क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा ३ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्ने बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here