मस्कले हटाए ट्वीटरका ५० प्रतिशत कर्मचारी, ‘सुपर एप’ बनाउने योजना

एजेन्सी । एलन मस्कले ट्वीटरबाट आधा भन्दा बढी कर्मचारीलाई जागिरबाट निकालेका छन् ।

मस्कले ३ हजार ५ सय कर्मचारीलाई ट्वीटर इन्कबाट निकाला गरेका हुन् । उनले कम्पनीले चार मिलियन डलर गुमाएकोले कर्मचारी कटौतीको विकल्प नरहेको बताएका छन्।

यसअघि ट्वीटरका सिइओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीलाई सामाजिक सञ्जाल काम गर्न अख्तियार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो। यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन्।

ट्वीटरले आफ्ना कर्मचारीहरूले कार्यालयहरू केही समयका लागि बन्द हुने र कर्मचारीहरूले पाउने पहुँच पनि रोकिने बताएको छ।

४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले मालिक बनेसँगै सिइओसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका थिए।

मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए।

पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह-स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here