रोयल इन्फिल्डको मनसुन हेरिटेज राइड सम्पन्न

काठमाडौं, १३ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारिक विक्रेता एमभी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइल्सले ‘रोयल इन्फिल्ड मनसुन हेरिटेज राईड’ र्याली सम्पन्न गरेको छ ।

नेपालको गौरवमय इतिहास बोकेको विश्व सम्पदा सूचीमा सूचीकृत पौराणिक पुरातात्विक धरोहरहरुको सरंक्षण, सम्वद्र्धन एवं प्रचार प्रसार गर्नु ¥यालीको मुख्य उद्देश्य रहेको बताइएको छ ।

¥यालीमा रोयल इन्फिल्ड क्लासीक–३५० गन मेटल ग्रे मोटरसाईकलका ३५ जना राइडरहरुको उपस्थिती रहेको थियो ।

बालाजुको रोयल इन्फिल्ड शोरुमबाट सुरु भएको ¥याली स्वयम्भु कलंकी, एकान्तकुना, मङ्गलबजार, ग्वार्को, तीनकुने, बानेश्वर, माईतीघर, भद्रकाली, शहिदगेट, न्युरोड, जमल, दरबारमार्ग, नागपोखरी हुदैँ मेला रेष्टुरेन्ट, लैनचौरमा समापन भएको थियो ।

टु–व्हील् राइड कल्चरको विकास र नेपालको आन्तरीकपर्यटन प्रवद्र्घन पनि¥यालीको उद्देश्य रहेको आयोजकले बताएको छ । राइडरहरुको २९ किलोमिटरको लामो मोटरसाईकल ¥याली लागी रोड क्याप्टेन रोयल इन्फिल्डका ब्राण्ड म्यानेजर अनुज मल्ल रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here