पर्यटक आगमन उत्साहजनक, एक महिनामा ८८ हजार भित्रिए

काठमाडौं । पर्यटक आगमन उत्साहजनक देखिएको छ । अध्यायगमन विभागको तथ्यांक अनुसार अक्टोवर महिनामा नेपालमा विदेशी पर्यटकको संख्या बढेको छ ।

तथ्यांक अनुसार अक्टोवर महिनामा मात्र ८८ हजार ५८२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । हवाई माध्यमबाट मात्रै नेपाल भित्रिनेको यो सङ्ख्या यो वर्षकै सबैभन्दा अधिक हो।

सन् २०२२ को जनवरीदेखि अक्टोबरसम्ममा चार लाख ७३ हजार ५६३ जना पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन्।

यस वर्षको जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार छ, अप्रिलमा ६१ हजार ५८९, मेमा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७, जुलाईमा ४४ हजार ४६२, अगस्टमा ४१ हजार ३०४ र सेप्टेम्बरमा ५८ हजार ३१४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

भारतबाट मात्रै १६ हजार ९१० पर्यटक हवाई मार्गबाट नेपाल भित्रिएका छन् । दोस्रोमा अमेरिकाबाट ११ हजार ८५९ जना पर्यटक नेपाल भित्रिएका विभागको तथ्याङ्कले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here