एकैदिन १४ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

अघिल्लो दिनको तुलनामा साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

गत शुक्रबारको तिलकानामा आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ५० रुपैयाँले बढेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here