सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा भेटियो (फोटोफिचर)

काठमाडौं । सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ। अमेरिकी राजदूतावासले सो तस्विरहरु सामाजिक सञ्जालमा सेयर गर्दै सो को जानकारी दिएको छ।

एक अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रमा ५००० मिटर भन्दामाथि पुगेर हिउँ चितुवाका केही सुन्दर दृष्यहरू आफ्नो क्यामेरामा कैद गरेको लेखेकी छन् ।

पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन्। ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला देखेपछि आफूले फोटोका निम्ति पछ्याएको उनको भनाई छ ।

फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्छिन्। अंग्रेजीमा स्नो लियोपार्ड भनिने हिउँ चितुवा ठूलो बिरालो प्रजातिको मांसाहारी जनावर हो। यो दक्षिण एसिया तथा मध्य एसियाका हिमाली क्षेत्रमा पाइन्छ।

हिउँ चितुवा समुन्द्री सतहबाट ३,००० देखि ५,५०० मिटर उचाइबीच चट्टानी हिमाली क्षेत्रमा बसोबास गर्छ। लुकेर रहने स्वभावले यिनीहरूको एकीन संख्या पत्ता लाग्न सकेको छैन।

हिउँ चितुवा अन्य ठूला बिरालो प्रजातिका जनावरभन्दा सानो हुन्छ। सामान्यतया यिनीहरूको तौल २७ देखि ५४ किलोग्राम तथा लम्बाई ७५ देखि १३० सेन्टिमिटरको हाराहारी हुन्छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here