नेप्सेको तथ्यांक प्रयोग गर्न शुल्क तिर्नुपर्ने, कुन प्रयोजनका कति ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागू गरेको छ । नेप्सेले सोमवारबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।

जसअनुसार अब नेप्सेको तथ्यांक प्रयोग गर्दा (क) इन्भेस्टमेन्ट कम्पनी, वित्तीय विश्लेषकलगायतको प्रयोगका लागि, (ख) तथ्यांक वितरक, वित्तीय औजार विकासकर्तालगायत व्यापारिक तथा पुनः वितरण प्रयोजनका लागि, (ग) सञ्चार माध्यमहरुको समाचार निर्माण तथा प्रदर्शन प्रयोजनका लागि, (घ) गैरव्यापारिक शैक्षिक तथा अनुसन्धानत्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैरनाफामूलक अनुसन्धात्मक संस्थाहरुलगायत) र (ङ) विदेश कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनका लागि फरक–फरक शुल्क निर्धारण गरिएको छ।

सूचना प्रविधि नीति, २०७७ अन्तर्गत रही विभिन्न प्रयोगकर्ताहरुबाट निश्चित शुल्क लिई वास्तविक समय वा ऐतिहासिक तथ्यांक उपलब्ध गराउन नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको सञ्चालक समितिले उक्त कार्यविधि बनाएको जनाएको छ ।

इन्भेष्टमेन्ट कम्पनी, वित्त विष्लेशक लगायतको लागि सह-शुल्क तथ्यांक उपलब्ध गराउने नेप्सेले जनाएको छ । प्रयोकर्ताले नेपसेले तोकेको शुल्क त्रैमासिक रुपमा अग्रिम भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

नेप्सेको वास्तविक समयमा सबै डाटा प्रयागका लागि विदेशी कम्पनीले मासिक २ हजार डलरभुक्ताी गर्नुपर्ने हुन्छ । यस्तै गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग (विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु आदिको लागि) मासिक ५ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

सञ्चार माध्यमको समाचार प्रयोजनाका लागि वास्तविक समयमा सबै डाटा प्रयोगका लागि मासिक ४० हजार रुपैयाँ शुल्क लाग्नेछ । तथ्यांक वितरक कम्पनी, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पून–वितरण प्रयोजनको लागि मासिक १ लाख रुपैयाा शुल्क तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

यस्तो शुल्क त्रैमासिक रुपमा अग्रिम भुक्तानी गर्नुपर्नेछ।

तथ्यांक प्रयोगका लागि स्पष्ट उद्देश्य खुलाई नेप्सेमा आवेदन दिनुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ। निवेदन प्राप्त भएपश्चात एपीआई प्रयोगकर्ताका हकमा नेप्सेले सूचना प्रविधि पूर्वाधार र एपीआई प्रयोगका लागि सुरक्षित रहे नरहेको जाँच गर्नुपर्नेछ।

प्रयोगकर्ताले अनधिकृत रुपमा तथ्यांक प्रयोग गरेको पाइएमा नेप्सेले उक्त प्रयोगकर्ताको सेवा अवरुद्ध गर्न सक्ने व्यवस्था पनि कार्यविधिमा गरिएको छ।

हेर्नुहोस् कार्यविधिः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here