आइएमई दशैं अफरको आठौँ र नवौँ हप्ताको विजेता घोषणा

काठमाडौं । आइएमईले चाडपर्वको अवसरमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी उत्सव अफर अन्तर्गत आठौँ र नवौँ हप्ताका विजेता सार्वजनिक गरेको छ ।

गत बिहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कतार र जापानबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः रन्जीत कुमार यादव र दीर्घराज जोशी आठौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् ।

त्यस्तै करुण अधिकारी र शिवजीप्रसाद गोपाल शाहा नवौँ हप्ताको लागि साप्ताहिक विजेता छनोट हुनुभएको छ । वहाँहरूले क्रमशः संयुक्त अरब इमिरेट्स र कुवेतबाट आइएमई मार्फत नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए । चारै जना साप्ताहिक विजेताले जनही रू २५ हजार रुपैयाँ पाउने छन् ।

त्यस्तै सेवाग्राहीहरू रामशरण मण्डल, जोगीराम मेहर शिङ्घ, शिवकुमार साडा, धरम बोहोरा, रमणकुमार शिङ्घ, हिराबहादुर विक र इर्कु पाश्वान आठौँ हप्ताको लागि दैनिक विजेता छनोट हुनुभएको हो । वहाँहरू क्रमशः कतार, कुवेत, बहराइन, मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स, कतार र जापानबाट आइएमई मार्फत नेपालमा रहँदै आएका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

त्यसैगरी शहदेव महरा, प्रमोद कुमार खाङ्ग, बिनोद माझी, गोपाल सार्की, आन्नद प्रसाद सुनार, शान्ता राई र दिपेश नकर्मी नवौँ हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरूले कतार, संयुक्त अरब इमिरेट्स, कुवेत, दक्षिण कोरिया, बहराइन, जापान, संयुक्त अरब इमिरेट्स र कुवेतबाट नेपालमा रहेका आफन्तलाई यो अफर अवधिमा पैसा पठाएका थिए ।

उनीहरू प्रत्येकले एक/एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गरेका छन् । बाँकी सर्वाधिक पुरस्कार राशीको एक बम्पर विजेता छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सावर्जनिक गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here