मञ्जुश्री फाइनान्ससहित ८७ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार (सेयर धितोमा ऋण) का लागि योग्य रहेका छन् । मंगलबार एक सूचना जारी गर्दै नेप्सेले मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूची नै सार्वजनिक गरेको हो ।

जसमा ८७ कम्पनीहरु मार्जिन कारोबार गर्न योग्य ठहरिएका छन् । हाल नेप्सेमा करिब २५० कम्पनीहरू सूचीकृत छन् । नेप्सेले सार्वजनिक गरेको योग्य कम्पनीको सूचीमा १७ वटा मात्र वाणिज्य बैंक रहेका छन् ।

त्यस्तै, ८ विकास बैंक, ५ फाइनान्स कम्पनी, २८ लघुवित्त कम्पनी, १३ हाइड्रोपावर, एक होटल लगायत रहेका छन् । योग्य कम्पनीको सूचीमा नागरिक लगानी कोष, २९ ओटा लघुवित्त कम्पनी र ४ जीवन बीमा कम्पनी परेका छन् ।

यस्तै ८ विकास बैंक, ५ फाइनान्स, १३ जलविद्युत कम्पनी र १७ ओटा वाणिज्य बैंकहरु पनि मार्जिक कारोबार गर्न योग्य कम्पनीको सूचीमा परेका छन् ।

मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा कृषि विकास बैंक, सिटिजन्स बैंक, एभरेस्ट बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नबिल बैंक, नेपाल बैंक, एनआईसी एसिया बैंक, एनएमबि बैंक, प्राइम बैंक, प्रभु बैंक, सानिमा बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र सनराइज बैंक छन्।

त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरु गरिमा, ज्योति, कामना सेवा, महालक्ष्मी, लुम्बिनी, मुक्तिनाथ, सांग्रिला र शाइन रेसुंगा पनि मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूचीमा छन्।

पाँचवटा फाइनान्स सेन्ट्रल, मञ्जुश्री, पोखरा, आईसीएफसी र रिलायन्स पनि यो सूचीमा रहेका छन्। मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधिमा कम्तीमा १० हजार सेयरधनी भएको, खुद सम्पत्ति चुक्ता पूँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा १० प्रतिशत लाभांश वितरण गरेको कम्पनी हुनु पर्दछ ।

यस्तै, दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तीमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिना भित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको कम्पनीको सेयर मार्जिन कारोबारका लागि योग्य हुने व्यवस्था छ ।

मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको नामावली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here