डोटीको भूकम्पमा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु

काठमाडौं । डोटीको भूकम्पमा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

बुधवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले जिल्लाको पूर्वीचौकी गाउँपालिका ३ को गैरा गाउँमा ८ घर भत्किएका छन्। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पमा परी गैरा गाउँका पदम बोहराको घर भत्किँदा उनकी श्रीमती भगवतीदेवी बोहरा, उनका छोरा ७ वर्षीय हर्क बोहरा, उनकै छोरी १४ वर्षीय सिता बोहराको मृत्यु भएको छ।

यस्तै, सोही ठाउँका प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

भूकम्पमा परी ५ जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महावीर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीया चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् ।

घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । भूकम्पले घर चर्किएकाले स्थानीयले चौरमा बसेर रात बिताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here