मर्जर कम्पनीको शेयर कारोबार महिनौंसम्म रोकिने व्यवस्थाको अन्त्य, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । मर्जरमा गएका कम्पनीको शेयर कारोबारहरु महिनौंसम्म रोकिने व्यवस्थाको अन्त्य भएको छ ।

बिहीवार नेपाल धितोपत्र बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एक आसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागू गरेसँगै व्यवस्थाको अन्त्य भएको हो ।

यससँगै आइतवारबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको शेयर कारोबार फुकुवा हुनेछन् ।

आधारभूत सेयरधनीबाहेकका शेयरधनीको शेयर कारोवार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरणसहित धितोपत्र बजार र केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थासमक्ष निवेदन दिनुपर्नेछ।

निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको शेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।

यद्यपि, संस्थापक (प्रमोटर) शेयर भने मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार भएपछि मात्र खुल्नेछ ।

हाल मर्जर प्रक्रियामा गएका करिब ३ दर्जन कम्पनीको सेयर कारोबार लामो सयमदेखि रोक्का छ । मर्जरमा गएका कम्पनीले सेयर कारोबार खुलाउन खुलाउन निवेदन दिएसँगै सीडीएससी र नेप्सेले कारोबार खुल्ला गर्ने छन् ।

‘यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने गाभिने वा प्राप्ति प्रक्रियामा रहेका कारण शेयर कारोबार रोक्का रहेका सङ्गठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको सेयर कारोबार फुकुवा गर्नु पर्ने छ,’ निर्देशिकामा भनिएको छ।

जसकोलागि कम्पनीहरूले आधारभूत शेयरधनीको विवरण सहित नेप्से र सीडीएससीमा निवेदन दिनुपर्ने छ।

यसैगरी, कुनै पनि कम्पनी मर्जर वा प्राप्तिमा जान लागेको भए उनीहरूको आधारभूत शेयरधनीको कारोबार रोक्का गर्नुपर्ने व्यवस्था छ ।

यसअघि कै व्यवस्था अनुसार कम्पनीहरूले मर्जर तथा प्राप्ति सम्बन्धी सम्झौता गरेको दिन वा भोलिपल्ट नै आधारभूत शेयरधनीको कारोबार रोक्का गर्न नेप्सेमा निवेदन गर्नु पर्ने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here