दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा गिरावट

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक नेप्से २३.५२ अंकले घटेर १८९३.७० विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२६ कम्पनीको १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँ बराबरको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचकमा राताम्मे भएका छन् । फाइनान्स समूह सबैभन्दा धेरै २.४६ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार अपर हेवाखोला हाइड्रोपावरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट भएको छ । यसको आज १० करोड २२ लाख भन्दा बढीको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here