काठमाडौं महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहर जलाउन प्रतिबन्ध

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न रोक लगाएको छ । शुक्रवार महानगरपालिकाले सार्वजनिक सूचना निकालेर महानगर क्षेत्रभित्र खुला रुपमा आगो बाल्न र फोहोर जनाउन प्रतिबन्ध लगाएको हो ।

महानगर क्षेत्रभित्र कसैले खुला रुपमा आगो बालेमा तथा फोहर जलाएमा महानगरको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

खुला रुपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता गतिविधिले वायु प्रदूषण बढ्ने तथा जनस्वास्थ्यमा पनि असर गर्ने हुँदा प्रतिबन्ध लगाएको सूचनामा उल्लेख छ ।

केही दिनयता काठमाण्डौ उपत्यकासहित देशका मुख्य सहरमा प्रदूषण बढ्न थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here