तीन महिनामा चन्द्रगिरि हिल्सले कमायो १ करोड खुद नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । चन्द्रगिरि हिल्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत चैतसम्म घाटामा संचालन हुँदै आएको कम्पनी चालु आवमा नाफामा गएको छ ।

चालु आर्थिक वर्षको ३ महिनामा कम्पनीले १ करोड बढी खुद नाफा कमाएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार असोसम्म १ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ ।

गत वर्षको पहिलो त्रैमासमा कम्पनी २ करोड ३७ लाख रुपैयाँ नोक्सानीमा थियो । कोभिडको असार कम हुँदै गएपछि कम्पनीको व्यापार व्यवसायमा वृद्धि भएको छ । पर्यटकीय गतिविधि बढेपछि कम्पनीको आम्दानी बढेसँगै नाफामा जान थालेको हो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८७.१७ प्रतिशतले बढेर १६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यस्तै, संचालन आम्दानी ६९.२० प्रतिशतले बढेर १८ करोड ६४ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब ५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने ३८ करोड १३ लाख रुपैयाँल ऋणात्मक छ ।

नाफामा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । समीक्षा अवधिमा चन्द्रागिरिको प्रतिसेयर आम्दानी ३.४२ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६.१९ रुपैयाँ ऋणात्मक थियो। कम्पनीको प्रतिसेयर नेटवर्थ ७५.१४ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here