सुनको भाउ एकैदिन तोलामा १३ सय रुपैयाँ महंगियो

काठमाडौं । सुनको मूल्य एकैदिन तोलामा १३ सय रूपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार २०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बिहीबार छापावाल सुन तोलाको ९५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ९०० रुपैयाँ निर्धारण भएको थियो । यता चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले बढ्दै आज एक हजार २ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here