नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांक अद्यावधिक नहुने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेबसाइट शुक्रबारबाट बन्द भएको छ । नेप्से सूचना जारी गर्दै नेप्सेको पुरानो वेबसाइटमा अब कुनै पनि तथ्यांकहरू अद्यावधिक नहुने जनाएको छ ।

यससँगै अब नेप्सेको नयाँ वेबसाइट कार्तिक २७ गतेबाट पूर्णरुपमा संचालनमा आउने छ ।

हालसम्म परीक्षणका रूपमा सञ्चालन गरिदैं आएको नेप्सेको नयाँ वेबसाइट आइतबारबाट संचालनमा आउन लागेको हो ।

नेप्सेले नयाँ वेबसाइट संचालनमा ल्याउने भएकाले २५ गतेभित्र सूचीकृत कम्पनीहरुलाई नट्सको लगइन तथा यूजर आइडी लिन अनिवार्य रुपमा लिन पनि आह्वान गरेको थियो ।

योसँगै पुरानो वेबसाइट अन्तर्गतमा सम्पुर्ण लगइन र यूजर आइडी खारेज हुने भएका छन् ।

तसर्थ, तोकिएको समयभित्र सूचीकृत कम्पनीहरुले सूचना तथा विवरणहरु सम्प्रेषण गर्न नसके प्रचलित प्रावधान अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here