विपद् पूर्व तयारीका लागि दोधारा चाँदनीमा मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षण गरिने

पप्पु गुरुङ्ग

दोधारा,२५ कात्तिक । दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरी सर्वेक्षण गरिने तयारी भईरहेको छ् ।

दोधारा चाँदनी नगरपालिका संगको समन्वय र सहकार्य, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारी तथा इन्ष्टिच्युट अफ हिमालयन रिष्क रिडक्सन (आईएचएचआर) को प्राविधिक सहयोगमा बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षण गर्ने तयारी भईरहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा दोधारा चाँदनी नगरपालिकामा सुदृढ र ‘बि रेडी’ परियोजनाहरु सञ्चालनमा रहेका छन् । ‘बि रेडी’ परियोजना अन्तर्गत सर्वेक्षण भईरहेको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

सर्वेक्षणको लागी आज नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए कार्यालयको सभा कक्षमा सर्वेक्षकहरुलाई एक दिन अभिमुखिकरण संचालन गरिएको हो । घरधुरी सर्वेक्षण संगै महाकाली र जोगबुडा नदीको हाईड्रोलोजिकल मोडलिङ गरेर नदीहरुको जलस्तरका आधारमा बाढीबाट प्रभावित हुन सक्ने घरहरु समेत पहिचान गर्ने कार्य गरिने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) वातावरण तथा जलवायु परिवर्तन विज्ञ गणेश सिंह ठगुन्नाले जानकारी दिएका छन् ।

‘घरधुरी सर्वेक्षण र हाइड्रोलोजिकल मोडलिङको नतिजाका आधारमा उक्त वडाहरुमा रहेका घरधुरीहरुको जोखिमको अवस्था पहिचान हुनेछ र जसले गर्दा आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धी योजना तर्जुमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुनेछ्’ वातावरण तथा जलवायु परिवर्तन विज्ञ गणेश सिंह ठगुन्नाले भने ।

हाल तथ्यांकको अभावमा विपद् पूर्वतयारी तथा प्रतिकार्य, राहत वितरण लगाएतका कार्यक्रमहरु गर्दा समस्या आइरहेको अवस्थामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले घरधुरी सर्वेक्षणले सहजता ल्याउने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षणले नगरको बाढीको बेला जोखिम न्युनिकरण गर्न र अन्य बिकासको कार्य गर्न सहजता हुनेमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षणमा दोधारा चाँदनी नगरपालिकालाई सघाएको भन्दै दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को टोलीलाई धन्यबाद दिएका छन् ।

दोधारा चाँदनी वडा नं ८,९ र १० का सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तीन तहमा वर्गीकरण गरी नक्सांकन गरिने भएको छ् ।

घरधुरी सर्वेक्षणका लागी सर्वेक्षकहरुलाई आज नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) कार्यालयको सभा कक्षमा अभिमुखिकरण गरिएको छ् । घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।

अभिमुखिकरण कार्यक्रम मा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, वातावरण तथा जलवायु परिवर्तन बिज्ञ गणेश सिंह ठगुन्ना, प्रभुनिधी पन्त, इन्ष्टिच्युट अफ हिमालयन रिष्क रिडक्सन (आईएचएचआर) का कार्यकारी निर्देशक इन्जिनियर सुरज गौतम, सर्वेक्षक लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here