कुमारी बैंकले ल्यायो परिवार सुरक्षा बचत खाता

काठमाडौं, १३ साउन । कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ ल्याएको छ ।

यो खाताबाट परिवारका एक सदस्य – बुवा अथवा आमाको नाममा बचत खाता खोल्दा परिवारका चार सदस्य –आमा वा बुवा आफै, तथा दुई सन्तानको स्वतः बीमा हुने बैंकले जानकारी दिएको छ ।

यो बचत खातामा न्यूनतम रू. १०,००० मौज्दात हुनुपर्नेछ । वार्षिक ६.५ प्रतिशत ब्याजदर लागू हुने यो खातामा अन्य सुविधाहरु पनि रहेको बैंकले बताएको छ ।

यस खातामा रु २६ लाख सम्मको परिवारको बीमा गरिएको छ । जसमा दम्पतिको आकस्मिक दुर्घटना बीमा, पूर्ण शारीरिक अशक्तता बीमा, परिवारको सदस्यका लागि १० घातक रोगहरुका लागि बीमा, परिवारको औषधोपचारको बीमा सुविधा पनि रहेको बैंकले जानकारी दिएको छ ।

यस खातामा इन्टरनेट बैंकिङ्ग –निःशुल्क, मोबाइल बैंकिङ्ग –पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क र साथै भिजा डेबिट कार्ड –पहिलो वर्ष निःशुल्क र दोस्रो वर्षदेखि न्यूनतम शुल्क लागू बताइएको छ ।

कुमारी बैंकले, आफ्ना देशभर रहेका १०० शाखा संजाल, ९१ एटिएम, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here