विद्युतलाइन भूमिगत गर्दा तीनकुनेस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्व नगरी नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेमा अवस्थित मुख्य खानेपानी पाइपलाइनमा क्षति पुगेको छ ।

प्राधिकरणको आयोजनाले विद्युतलाइन भूमिगत गर्दा तीनकुनेमा रहेको मुख्य खानेपानी पाइपलाइनमा पुगेको क्षतिका बारेमा एक्ष्म् लाई जानकारी नगराएका कारण हिजो कात्तिक २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको हो ।

क्षति भएको मुख्य पाइपलाइनको मर्मत तथा पुनःस्थापनाको कार्य कसरी अगाडि बढाउने र त्यसका लागि लाग्ने खर्चका सम्बन्धमाबाट अध्ययन शुरु भएको छ ।

मुख्य पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि लाग्ने सम्पूर्ण क्षतिपूर्ति रकम नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले व्यहोर्नुपर्ने जानकारी जनाइएको छ ।

मेलम्चीको खानेपानी नयाँ खानेपानी वितरण संजालबाट वितरण गर्ने तयारी स्वरुप काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विच्छ्याइएका खानेपानी वितरण पाइपहरुको परीक्षण गर्ने कार्य हाल भइरहेको पनि सबैको जानकारीका लागि अनुरोध गरेको छ ।

तसर्थ, खानेपानीका नयाँ पाइपलाइनहरु विच्छ्याइएका स्थानहरुमा सडक तथा ढल निर्माण एवम् मर्मत र विद्युतलाइन तथा टेलिफोनका तारहरु भूमिगत गर्ने कार्य शुरु गर्नुभन्दा अगाडि सँग समन्वय गर्नुहुन सम्बद्ध सबै निकायहरुलाई पुनः आग्रह गरेको छ ।

अन्यथा, खानेपानीका पाइपलाइनमा क्षति भई उपभोक्ताहरुलाई खानेपानी वितरण गर्ने कार्य अवरुद्ध भएमा त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने पनि जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here