देशभर चिसो बढ्दै, काठमाडौं उपत्यकाको तापक्रम ९ डिग्रीमा झर्‍यो

काठमाडौं । देशभर दिनप्रतिदिन चिसो बढ्ने तथा तापक्रम घट्ने क्रम जारी छ। यसै क्रममा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्रीबाट पनि तल झरेको छ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहानको मापनमा काठमाडौं उपत्यकको तापक्रम ९.७ डिग्री देखिएको बताए। शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम १०.६ डिग्री थियो।

केही दिनयता काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम हरेक दिन लगभग १ डिग्रीका दरले ओरालो लागिरहेको उनले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here