विपद् पूर्व तयारीका लागि दोधारा चाँदनीमा मोबाइल एफ मार्फत घरधुरी नमुना सर्वेक्षण

दोधारा । दोधारा चाँदनी नगरपािलकामा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको नमुना सर्वेक्षण गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाको बाढीको उच्च जोखिममा रहेका वडा नं ८, ९ र १० मा विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन दोधारा चाँदनी नगरपालिका वडा नं. १० स्थित एक घरमा नमुना सर्वेक्षण गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

दोधारा चाँदनी नगरपालिका संगको समन्वय र सहकार्य, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारी तथा इन्ष्टिच्युट अफ हिमालयन रिष्क रिडक्सन (आईएचएचआर) को प्राविधिक सहयोगमा बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षण गर्ने तयारी भईरहेको अवस्थामा आज नमुना सर्वेक्षण गरिएको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

नमुना सर्वेक्षण कार्यक्रममा दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, वडा नं. १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनार, वातावरण तथा जलवायु परिवर्तन बिज्ञ प्रभुनिधी पन्त, इन्ष्टिच्युट अफ हिमालयन रिष्क रिडक्सन (आईएचएचआर) का कार्यकारी निर्देशक इन्जिनियर सुरज गौतम, कम्प्युटर साईन्स ईन्जिनियर निसन तण्डुकार लगाएत सर्वेक्षकहरुको उपस्थिती रहेको थियो ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को साँझेदारीमा दोधारा चाँदनी नगरपालिकामा सुदृढ र ‘बि रेडी’ परियोजनाहरु सञ्चालनमा रहेका छन् । ‘बि रेडी’ परियोजना अन्तर्गत सर्वेक्षण भईरहेको सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् । सर्वेक्षणको लागी हिजो नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए कार्यालयको सभा कक्षमा सर्वेक्षकहरुलाई एक दिन अभिमुखिकरण संचालन गरिएको हो ।

आसन्न निर्वाचनको कारण विपद् पूर्व तयारीलाई प्रभावकारी बनाउन घरधुरीको नमुना सर्वेक्षण कार्यक्रम मंसिर ६ गते मात्रै संचालन गरिने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

घरधुरी सर्वेक्षण संगै महाकाली र जोगबुडा नदीको हाईड्रोलोजिकल मोडलिङ गरेर नदीहरुको जलस्तरका आधारमा बाढीबाट प्रभावित हुन सक्ने घरहरु समेत पहिचान गर्ने कार्य गरिने कार्यक्रममा बताईएको छ् । ‘घरधुरी सर्वेक्षण र हाइड्रोलोजिकल मोडलिङको नतिजाका आधारमा उक्त वडाहरुमा रहेका घरधुरीहरुको जोखिमको अवस्था पहिचान हुनेछ र जसले गर्दा आगामी दिनमा विपद् व्यवस्थापन सम्बन्धी योजना तर्जुमा कार्यक्रमहरु सञ्चालन गर्न सहज हुनेछ्’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए ।

हाल नगरपालिकामा तथ्यांकको अभावमा विपद् पूर्वतयारी तथा प्रतिकार्य, राहत वितरण लगाएतका कार्यक्रमहरु गर्दा समस्या आइरहेको अवस्थामा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले घरधुरी सर्वेक्षणले सहजता ल्याउने दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताएका छन् ।

बाढी जोखिमको संकटासन्नता निर्धारण गर्न मोबाईल एफ मार्फत घरधुरी सर्वेक्षणले नगरको बाढीको बेला जोखिम न्युनिकरण गर्न र अन्य नगर बिकासको कार्य गर्न सहजता हुनेमा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताउदै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले दोधारा चाँदनी नगरपालिकाको स्थानियहरुको जिवन स्तर उकास्न सघाएको भन्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) लाई धन्यबाद दिएका छन् ।

दोधारा चाँदनी वडा नं ८,९ र १० का सम्पूर्ण घरधुरीहरुको जोखिमको अवस्था, क्षमता, श्रोत साधन, संकटासन्नता र प्रकोपहरुको पहिचान गरी प्रत्येक घरधुरीहरुलाई विपद् जोखिमको अवस्थाको आधारमा डिजिटल डाटाबेस तयार गरी न्यून, मध्यम र उच्च जोखिम का आधारमा हरियो, पहेंलो र रातो गरी तीन तहमा वर्गीकरण गरी नक्सांकन गरिने भएको छ् ।

घरधुरी सर्वेक्षणका लागी घर घरमा आउने सर्वेक्षकहरुलाई सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गरि दिनुहुन सम्पूर्ण सरोकारवालाहरुलाई नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले अनुरोध गरेको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here